
कञ्चनपुरमा ५० हजार नगद सहित ३ जुवाडे पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ बरपिपल चौक नजिकै रहेको प्रयास रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ५० हजार ८५ सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा सञ्चालक भीमदत्त नगरपालिका १८ कै ३४ वर्षीय पदम चन्द, वडा नम्बर ६ का २६ वर्षीय हरिश पन्त र वडा नम्बर ४ का २८ वर्षीय सागर ऐर रहेको बताए ।

उनीहरुलाई नियन्ण्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21