कैलालीमा २ किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर ५ कै १७ वर्षिय कृष्ण नगरकोटी, १९ वर्षिय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षिय रमेश शाही, सत्यम रावल, २० वर्षिय रामबहादुर चौधरी, २२ वर्षिय मनोज चौधरी र २१ वर्षिय महेश चौधरीको नाम प्रहरीले सार्वजनिक गरिएको हो ।
आईतबार एक जना अझै फरार रहेको भन्दै पक्राउ परेकाहरुको समेत नाम गोप्य राखिएको थियो । फरार रहेका एक जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।
उनका अनुसार शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनीहरू विरूद्ध जाहेरी दर्ता भएको छ भने अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाईएको छ । किशोरीहरु घरबाट बाटोमा हिड्ने क्रममा करणीमा परेको प्रहरीले बताएको छ ।