महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेका र बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने भन्दै डडेल्धुराको गन्यापधुरा गाउपालिकामा बिरोध प्रदर्शन गरीएको छ। “सम्झनाको सम्झनामा दशैंं “नारासहित हिन्दुहरुको महान चाड दशैंको दिनमा बोलन्या थलीको गन्यापधुरा युनिटको आयोजना र सिर्जनशील युवा क्लबको सहकार्यमा बिरोध प्रदर्शन गरेको हो।
समाजमा बलात्कारविरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारीलाई कडा सजाय गर्नु पर्ने बोलन्या थली गन्यापधुरा युनिटका संयोजक बिनोद पनेरूले बताए। महिला तथा बालिका बलात्कारका घटना न्यूनीकरण गर्न समाजमा बलत्कार सम्बन्धि जनचेतनामुलक कार्यक्रम र बलात्कारका दोषीलाई संरक्षण दिने प्रवृत्ती गलत भएको समाजसेवी सुरेन्द्र मालीले बताए।
गन्यापधुरा गाउपालिकाको वडालमा गरिएको बिरोध प्रदर्शनमा युवाहरुको सहभागीता रहेको थियो।