
डोटी जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्यप्रायःछ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कोरोना जोखिमका कारण त्यस्ता मन्दीरमा निषेधित क्षेत्र घोषणा गरिएको बताए।

यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबली दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताएका छन् ।
शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताए । दिपायल पिपल्लाका स्थानीयवासी कैलाश बिकले पशुबली रोकिएपछि भीड पनि घटेको जानकारी दिए ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58