
अछामको बुढीगंगा नदीमा बेपत्ता किशोरीको शव भेटिएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षीया हेमन्ती बयकको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रसिँह थापाका अनुसार सोमबार बिहान नदीमा बेपत्ता भएकी किशोरीको दिउसो शव भेटिएको हो । दशैँको टीका अघि नुहाउन गएकी बयक नदीको भंगालोमा परी बेपत्ता भएकी हुन् ।
उनको शव मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्रमा भेटिएको डिएसपी थापाले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56