कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते
2020/10/27, 9:13
 
death

कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन् । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरीका २५ वर्षिय दिपक ऐरले ५५ वर्षीया आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्त मनस्थितिका ऐरले सोमबार साझ आमाको टाउकोमा दाउले हिर्काएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार गंगादेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुँदै छ । उनको टाउकोमा चोट लागेको छ । दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।