कैलालीमा सामूहिक बलात्कारका एक जना आरोपी अझै फरार
2020/10/27, 11:11
 
rape

सामुहिक बलात्कारको आरोप लागेका कैलालीका एक युवा अझै पक्राउ परेका छैनन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ की २ किशोरीमाथि शनिबार राती बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेपनि एक जना अझै फरार रहेका हुन् । उनको कैलालीको टीकापुर क्षेत्र र बर्दीया जिल्लामा समेत खोजी कार्य गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले बताए । तर उनलाई पक्राउ गर्न सकिएको छैन्। फुटबल खेलाडी समेत रहेका उनी प्रहरीबाट भाग्दै आएका छन् । 

फुटबल खेलेर फर्किएका युवाहरुको समुहले १३ र १४ वर्षीया किशोरीमाथि जबरजस्ती गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । बलात्कारको आरोपमा ८ जनालाई भने पक्राउ गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ कै १७ वर्षिय कृष्ण नगरकोटी, १९ वर्षिय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षिय रमेश शाही, सत्यम रावल, २० वर्षिय रामबहादुर चौधरी, २२ वर्षिय मनोज चौधरी र २१ वर्षिय महेश चौधरीलाई भने प्रहरीले पक्राउ गरेको छ । उनीहरुको  सोमबार नाम सार्वजनिक गरिएको थियो । उनीहरुको अदालतबाट म्याद समेत थपिएको छ ।