सुदूरपश्चिममा दशैैंको टीकाको दिन चार जनाद्धारा आत्महत्या
2020/10/27, 1:24
 
death

सुदूर पश्चिममा दशैंको टीकाको दिन सोमवार चार जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार बझाङको मष्टागाउँपालिकामा ३० वर्षीय नृपेन्द्र खड्काले झुण्डिएर आत्महत्या गरेकी छन् । बझाङमा बीष सेवन गरेकी एक महिलाको भने उपचार भईरहेको छ ।

त्यस्तै अछामको चौरपाटी गाउँपालिका– ३ गगुडाकी २६ वर्षीया निर्मला कामीले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । कैलालीमा हिजो दुई जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा धनगढी उपमहानगरपालिका— १२ मुक्त कमैया शिविरकी ६० वर्षीया कलावती चौधरी र गोदवरी नगरपालिका— ५ का ६५वर्षीय कृतसिंह बोहरा रहेका छन् ।