डडेल्धुरामा बुवाछोराले ठुलो बुवामाथि कुटपिट गरेका छन् परशुराम नगरपालिका वडा नम्बर ११ का मानबहादुर विष्टलाई सहोदर भाइ धनबहादुर विष्ट र भतिजा बिरबहादुर विष्टले कुटपिट गरेको पीडितले बताएका छन् ।
मानबहादुरका छोरा लोकबहादुर विष्टले बारीमा गाई गएको विषयमा विवाद हुँदा बुवामाथि काका र भाइले कुटपिट गरेको बताए ।
उनले कुटपिटबाट सख्त घाईते भएका मानबहादुरको टाउकोमा चोट लागेपनि आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लैजान नसकिएको बताए ।
कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरी चौकी धाए पनि व्यस्त भएको जनाउँदै प्रहरी आउन नमानेको गुनासो उनको छ ।
ज्वाई वडाध्यक्ष रमिते !
बुवाछोराले ठुलो बुवामालाई कुट्दा वडा नम्बर ११ का अध्यक्ष समेत रहेका ज्वाई मानबहादुर महराले उनीहरुलाई सघाएको आरोप लगाएको छ ।
विष्टका छोरा लोकबहादुरले कुटपिट भएका बेला वडाध्यक्ष महरा पनि घटना स्थलमै भएपनि रमिते बनेर उनीहरुलाई सघाएको आरोप लगाएका छन् ।
बुवालाई कुट्ने बेला वडा अध्यक्ष पनि त्यतै हुनुहुन्थ्यो । ‘जनप्रतिनिधि जस्तो मान्छेले छुट्याउनको सट्टा कुटपिट गर्न दिए । त्यसको पछाडी उहाँको पनि पक्कै हात छ ।’ विष्टले भने ।