कैलालीमा हिउँदे बाली जोगाउन किसान आफैंले बनाए कान्द्रा नदीमा चेक ड्याम  (भिडियो सहित) 
2020/10/27, 6:48
 
pahiro

कैलालीमा हिउँदे बाली जोगाउन किसान आफैंले बनाए कान्द्रा नदीमा चेक ड्याम  बनाएका छन् । प्रदेश र स्थानीय सरकारले वेवास्ता गरेपछि हिउँदे बाली जोगाउन किसान आफैं सक्रिय भएका हुन् । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी गाउँका स्थानीय किसानहरु हिउँदे बाली जोगाउन कान्द्रा नगदीमा चेकड्याम बनाएका हुन् । स्थानीय गाउँमा चन्दा संकलन गरी श्रमदानबाट कान्द्रा नदीमा चेकड्याम निर्माण गरिएको लालबोझी गाउँका भलमन्सा रामकृष्ण चौधरीले जानकारी दिए । 

गत साउन १४ गते आएको बाढीले लालबोझी गाउँका एक सय ६० परिवार किसानका हजारौं विगाहमा लगाईएको बर्खे बाली नष्ट गरेको थियो । गाउँका भलमन्सा चौधरीको पहलमा किसानका खेतमा लगाईएको हिउँदे बाली जोगाउन सक्रिय भएका हुन् । भलमन्साले आफु व्यक्तीगत रुपमा चार हजार लिटर ईन्धन सहयोग गरेका छन् । स्थानीय किसानहरुसँग भएमा पछि फिर्ता गर्ने भनिएको छ ।

त्यसैगरी गाउँका २१ वटा ट्याक्टर धनीहरुले निशुल्क रुपमा नदीको चेकड्याम बनाउन सहयोग गरेका छन् । ती ट्याक्टरहरुमा लाग्ने ईन्धन स्थानीय किसानले चन्दा उठाएका छन् । ईन्धमा १८ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । स्थानीय किसान ईन्द्र यादवले चेक ड्याम लगाउनका लागि निशुल्क माटो दिएका छन् । 

स्थानीय र प्रदेश सरकारलाई कान्द्रा नदीका बाढीले धानबाली नष्ट पारेपछि गहुँबाली जोगाउन पटक पटक आग्रह गरिएको स्थानीयले बताएका छन् । तर कुनै पनि सरकारको मुख नताकेर आफै जुर्मुराएको भलमन्सा राधाकृष्ण चौधरीको भनाई छ । गाउँका एक सय ६० किसान घरदुरीबाट प्रत्येक घरबाट महिला पुरुषले चेकड्याम बनाउन श्रमदान गरेका छन् ।

तीन दिन लगाएर एक सय ५० मिटर लामो कान्द्रा नदीमा चेकड्याम बनाईएको हो । वडा कार्यालय, भजनी नगरपालिका र प्रदेश सरकारले कान्द्रा नदीको जोखिम घटाउन आफुहरुलाई कुनै सहयोग नगरेको भलमन्सा चौधरीको गुनासो रहेको छ ।