
डिउटीकै क्रममा तस्करहरुको गिरोहबाट मारिएका असई गोविन्द बिकको अन्तिम श्रद्धाञ्जली कार्यक्रम कार्तिक १३ गते विहिबार हुने भएको छ । कार्तिक १ गते राति मारिएका उनको १३ औं पुन्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको हो । मृतक बिककी आमा कलामति बिकले प्रेषित भावपूर्ण श्रद्धाञ्जली निमन्त्रणा पत्र अनुसार सो कार्यक्रम बिकको जन्म स्थान पुनर्वास नगरपालिका ९ ख गाउँ, कञ्चनपुरमा हुने भएको छ ।

मृतक बिक धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए । उनी संगै डिउटीमा खटिएका प्रहरी जवान रामबहादुर साउद पनि सोही आपराधिक गिरोहबाट मारिएका थिए । हाल प्रहरीले सो घटनामा संलग्न रहेका ८ जना विरुद्ध मुद्धा चलाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34