कञ्चनपुरमा २ वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु
2020/10/27, 6:58
 
accidnet

कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।  क्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा स्थित जंगलमा महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको लु ६० प ७१४० र विपरीत दिशाबाट गइरहेको म १ प ९६२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा परी म १ प ९६२१ नम्बरका मोटरसाइकल चालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्नेत ४२ वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको दिनेश खबरलाई बताए ।  गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यस्तै अर्का मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन् । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि महाकाली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।