बडादशैँ मान्न आएकाहरू फेरि कर्मथलो फर्किदैं
2020/10/28, 8:21
 
corona

हिन्दुहरुको महान चाड विजयादशमीको टिका थापेर कर्मथलो फर्किनेहरूको सडकका मुख्य चोकमा भिड लाग्न थालेको छ । देश तथा विदेशबाट दशैँ मान्न घर फर्केकाहरू अहिले कर्म फर्किन लागेको हुन । अघिल्ला बर्षहरुमा जस्तो भिडभाड नभएपनि सामान्य दिनभन्दा बढी भिड मुख्य चोकहरु र वसका काउन्टरहरुमा लागिरहेको छ । बाटोको काउन्टरमा भिड देखिए पनि वसपार्कहरु भने सुनसान रहेका छन् । 

घोडाघोडी नगरपालिका ७ का विनोद चौधरीले भने–‘दसैँ मान्न केही दिनको लागि घर आएको थिए । काठमाडौँ ज्यादै छु । कार्यालयबाट केही दिनको बिदा लिएर आएको हुँ ।’ आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि कर्मथलो फर्किनेहरूको सडकहरूमा घुईचो लागिरहेको छ । सरकारले यस वर्ष कोरोना सङ्क्रमणको जोखिम भएकाले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन आग्रह गरेकाले पनि कतिपय गाउँ फर्किएका छैनन् । तर कतिपय भने यात्रा गरिरहेका छन् ।

सरकारी तथा गैर सरकारी कार्यालयमा काम गर्नेहरू बडा दसैँ मान्न आफ्नो घर फर्किएका थिए । विभिन्न कार्यमा संलग्नहरू आ–आफ्नो कार्यक्षेत्र जान थालेपछि बसपार्क तथा सडकमा मुख्य बस काउन्टरमा यात्रुको घुइँचो लाग्न थालेको छ । दसैँमा सुनसान बनेका विभिन्न बजारहरूमा बिस्तारै चहलपहल सुरु भएको छ ।

 दशैको टिका थाप्न आफ्नो गाउँघरमा गएकाहरु बजारमा फर्किन थालेपछि चहलपहल सुरु भएको छ । यो वर्ष कोरोना महामारीका कारण दसैँ त्यति रमाइलो नभएको यात्रुहरूको भनाई छ । कोरोनाको सङ्क्रमणबाट जोगिन परिवारभित्र मात्रै दशैँ सीमित गरेको सुखडको बस काउन्टरमा भेटिएका दिपेश दानीले बताए । सुरक्षित रहन दसैँमा रमझम भएन, यो वर्षको दसैँ घरभित्र सीमित भएको उनले बताए ।