धनगढीदेखि दिपायल हवाई सेवा सुरु हुँदा स्थानीयलाई राहत, गम्भीर प्रकृतिका विरामीहरुको ज्यान बचाउन सहज 
2020/10/28, 12:31
 
tourist

धनगढीदेखि दिपायल हवाई सेवा सुरु हुँदा स्थानीयलाई राहत भएको छ । सडक मार्गबाट धनगढी आउन जान धेरै समय लाग्ने अवस्थाको अन्त्य भएको हो । १६ मिनेटमा नै धनगढी दिपायल आवतजावत गर्न सकिने समिट एयरका डोटी प्रतिनिधि दिपक बमले जानकारी दिए । तीन हजार चार सय भाडामा निकै सस्तो र आरामदायी रुपमा हवाई यात्रा गर्न सकिने उनको भनाई छ ।  डोटीको दिपायलमा हवाई सेवा सुरु भएसँगै यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुराउने विश्वास लिईएको छ ।

2

डोटी हुदैं खप्तड जान आउन सजिलो हुनुका साथै पहाडी जिल्लाहरुको मध्यभागमा रहेकोले पनि सुदूरपश्चिमवासीहरुलाई सहज भएको डोटीका व्यवसायी दिपक खड्काले बताए । उनका अनुसार पहाडी जिल्लाहरुलाई हवाई सेवाले निकै सहज पारेको जानकारी दिदैं यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । दिपायलमा आवश्यक सहयोग गर्न आफुहरु तयार समेत रहेको उनको भनाई छ । 

1

हवाई सेवा सुरु भएपछि गम्भीर प्रकृतिका विरामीहरुको ज्यान बचाउन पनि सहज भएको छ । मंगलबनर मात्रै एक जना शिक्षकलाई तत्काल धनगढी ल्याएर काठमाण्डौं लैजान सजिलो भएको डोटीमा समिट एयर हेरिरहेका नन्दन कार्कीले बताए । डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का ८१ वर्षीय पूर्व शिक्षक समेत रहेका चन्द्रराज जोशी अचानक विरामी परेपछि समिट एयरको जहाज चार्टर गरेर धनगढी हुदैं उनलाई उपचारका लागि समयमै काठमाण्डौं लगिएको छ ।

1

समयमै धनगढी ल्याउन सकेका कारण उनको स्वास्थ्य अवस्था बिग्रिन नपाएको हो । धनगढीमा सामान्य उपचारपछि आज फेरि बुद्ध एयर हुदैं काठमाण्डौं लगिएको छ । उनको रक्तचाप बढेपछि अचानक नाक, मुखबाट रगत आउनुका साथै बान्ता समेत हुन थालेको थियो । एक घण्टाभित्रमा राम्रो अस्पतालमा लैजानु पर्ने चिकित्सकहरुको सल्लाह अनुसार जहाज चार्टर गरिएकोे थियो छ । अहिले उनको काठमाण्डौ स्थित मेडिकेयर अस्पतालमा उपचार भईरहेको छ ।

1