डडेल्धुरा अस्पतालमा ‘आईसीयू’ नहुँदा संक्रमित थप जोखिममा, भेन्टिलेटर पनि छैन
2020/10/28, 6:06
 
corona

डडेल्धुरा अस्पतालमा ‘आईसीयू’ सेवा नहुँदा कोरोना संक्रमित बिरामी थप जोखिममा परेका छन । जिल्लामा कोरोनाको जोखिम बढेसँगै गम्भीर समस्या भएका संक्रमित बिरामीका लागि आईसीयू सेवा अस्पतालमा नभएपछि प्रादेशिक अस्पताल धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ ।

संघीय सरकारले डडेल्धुरा अस्पताललाई आईसीयू र भेन्टिलेटरका लागि छुट्ट्याएको तीन करोड रुपैयाँ रकमबाट उपकरण खरिदका लागि टेन्डर आह्वान गरिसकेपनि उपकरण आउन केही महिना लाग्ने अस्पताल विकास समितिले जनाएको छ । डडेल्धुरा अस्पतालमा आईसीयूमात्र नभइ भेन्टिलेटर पनि छैन ।

अस्पतालमा कोरोना उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीको विशेष टोली नभएपछि समाजसेवीहरुले एम्बुलेन्स खोजेर बिरामीहरुलाई उपचारका लागि बाहिरी जिल्ला पठाइरहेका छन् । डडेल्धुरामा लगभग चार महिनामा २० हजार ३८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार २६६ जनामा संक्रमण देखिएको छ ।