
कञ्चनपुरका पत्रकार सुरेश धामीले कोरोना जितेका छन् । गत असोज २४ गते संक्रमण पुष्टि भएका धामीले १८ दिनपछि कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धामी संक्रमण मुक्त भएपछि बीहिबार डिस्चार्ज हुदैछन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले कोरोना जितेको जानकारी दिएका छन् । उनले आफ्नो उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यावद समेत व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका धामी महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रकाशक हुन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56