
धनगढीका ७ सहित सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमित थपिएका हुन् । उनीहरुमा दश जना पुरुष र दुई जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

धनगढीको वडा नम्बर १ का एम महिला सहित चार जना, वडा नम्बर ३ र ६ का एक एक जनामा कोरोना देखिएको हो । एक जनाको वडा खुलेको छैन् । त्यसैगरी कैलालीको गोदावरीमा थप एक जना रहेका छन् । कञ्चनपुरका चार जना रहेका छन् ।
योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३२ पुगेको छ । हालसम्म प्रदेशमा ३२ जनाको मृत्यु भईसकेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56