![kotghar](/sites/default/files/styles/flexslider_full/public/2020-10/ddl_2.jpg?itok=EayWGqqy)
डडेल्धुराको ऐतिहासिक अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । अमरगढी किल्लामा रहेका पुराना हात हतियारको खोजी गरी संग्राहलय बनाउन कोत घर निर्माण गरिएको हो । साथै कोटघरमा पुस्तकालय समेत स्थापना गरिने जनाइएको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
बिहिबार एक कार्यक्रमकाबिच अमरगढी नगरपालिकालाई कोतघर हस्तान्तरण गरिएको रणबम गण दह ब्यारेकका गणपति बिक्रम धोज गिरीले बताए । नेपाली सेनाको सिमिक कार्यक्रम अन्र्तगत करिव २० लाखको लागतमा कोतघरको निर्माण गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उदेश्यले कोतघरमा हतियारका साथै पुर्खाले अंग्रेजसँग लड्दा प्रयोग गरेका सामग्री राखिने बताए ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
विस १८४७ मा कर्णाली वारी राज्य संचालनका साथै महाकाली पारी कुमाउ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले उक्त किल्लाको निर्माण गरेका थिए । पछि उनकै नामबाट किल्लाको नामाकरण गरिएको थियो । अहिले नगरपालिकाको नाम पनि अमरगढी बाटै छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)