
कञ्चनपुर प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटिएको टोलीले २०७६ असोज २६ गतेदेखि फरार रहेका २ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लागु औषध मुद्दामा फरार रहेका कञ्चनपुरको लालझाँडी गाउँपालिका वडा नम्बर ७ का हिरेन्द्र राना र धनगढी उपमहानगरपालिका वडा नं ७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56