
जिल्ला अस्पताल डोटीमा हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) संचालनमा ल्याइने भएको छ । ३ शैयाको एचडीयूका लागि २ वटा भेन्टिलेटर अस्पतालमा पुगाइएको छ । एचडीयूका लागि प्रदेश आपुर्ति केन्द्र धनगढीबाट २ वटा भेन्टिलेटर प्राप्त भएको अस्पतालका निमित्त मेसु प्रकाश ठगुन्नाले जानकारी दिए ।

सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुविधासहितको व्यवस्था गरिएको हुन्छ । अस्पतालमा भेन्टिलेटर पुगेपछि छिट्टै हाइ डिपेन्डेन्सी यूनिट संचालनमा ल्याइने मेसु ठगुन्नाले बताए ।
‘एचडीयू भन्नाले आइसियूभन्दा अलि तल्लो स्तरको सेवा हो । जसमा अक्सिजनको सुविधासहितको व्यवस्था हुन्छ । स्थान लगायतको व्यवस्था भएपछि छिट्टै डोटी अस्पतालबाट उक्त सेवा सुरु हुनेछ’ उनले भने ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21