
बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–८ का ५ वर्षीय आयुष बिष्टको ट्रयाक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी से१त ८५७ नम्बरको ट्रयाक्टरबाट खसेको बताइएको छ ।

घटनापछि ट्रयाक्टर र चालक दिपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56