
कञ्चनपुर प्रहरीले करिब १ लाख बरारबरको भन्सार छलेर ल्याइएको सामान बरामद गरेको छ । शुक्रबार बिहान जिल्लाको बेलौरी नगरपालिका–७ पचुई क्षेत्रबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएको अन्दाजी २८ हजार ८ सय मुल्य बराबरको ३६ कट्ठा युरिया मल, २ हजार ४ सय बराबरको २ कट्ठा सुपर मल र ६७ हजार ६ सय ८० बराबरको ४७ कट्ठा डिएपी मल गरी ९८ हजार ८ सय ८० बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ ।

वेवारिसे अवस्थामा बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27