
कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् । विहीबार भोज खाएकाहरु बिरामी परेको वडाध्यक्ष नरेशबहादुर सिँहले बताए । उनका अनुसार शुक्रबार १६ जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको थियो । शनिबार थप ८ जना विरामी परेका छन् ।

उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरा मुक्त छ । चिकित्सकले उनीहरुलाई फूड प्वोईजन भएको बताएको प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार उनीहरुलाई फुटपाइजन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेका बिरामीहरुलाई अस्पतालमा राखिएको वडाध्यक्ष सिँहले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56