
कैलालीको टिकापुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर १ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आईसोलेसनमा राखेर उपचार भईरहेको थियो । उनको स्वास्थ्यमा सुधार नआएको अवस्थामा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै कोरोनाबाट सुदुरपश्चिममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27