
कैलालीको अत्तरियामा वेवारिसे शव फेला परेको छ । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित पूर्व रोडको प्रतिक्षालयमा वेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । शनिबार साँझ वेवारिसे शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

अन्दाजी ६० वर्षीया बृद्धको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन् । पहाडी मूलको जस्तो देखिने ती बृद्धले माथिल्लो शरीरमा सेतो धर्के सर्ट, तल्लो शरीरमा नीलो पाइन्ट लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टल बताए ।
उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनलाई चिन्ने जो कोहीले परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27