
बाजुरामा जीप दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा फलासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56