
धनगढीमा सवारी चालक अनुमती पत्र लाईसेन्सका लागि कार्तिक २० गतेदेखि प्रयोगात्मक परीक्षा हुने भएको छ । कोरोना भाईरसको महामारीका कारण लामो समयदेखि हुन नसकेको प्रयोगात्मक परीक्षा २० गतेदेखि २५ गतेदेखि हुने भएको हो ।

यातायात व्यवस्था कार्यालय धनगढीले एक सूचना जारी गर्दै १२ गतेसम्म फाराम भरी परीक्षा दस्तुर बुझाएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
मिनिबस, मिनिट्रक, बस र लहरीको प्रयोगात्मक परीक्षा हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन साढे ९ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07