बनकट्टा निर्मित आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा सुरु
2020/11/01, 6:06
 
KoronaFYI

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा सुरु गरेको छ ।

तराई चुरे मधेश कार्यक्रम र कैलारी गाउँपालिकाको संयुक्त लगानीमा निर्मित सो आधारभूत स्वास्थ्य सेवा केन्द्रले आइतबारदेखि सेवा सुरु गरेको हो । जनश्रमदानसहित कुल ९३ लाख ५३ लाख ४७ हजार १०९ रुपैयाँ लागतमा निर्माण भएको हो । तराई चुरे मधेश कार्यक्रम अनुसार प्रसुती सेवा केन्द्रको नाममा भवन निर्माण गरिएको छ ।

हाल सो भवनमा प्रसुतीसहित आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको कैलाली गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष प्रेम चौधरीले जानकारी दिए । आइतबार एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले केन्द्रको उद्घाटन गरेका थिए । केन्द्रमा स्वास्थ्य सहायक ९एचए० र अनमीबाट सेवा दिइने जनाइएको छ ।

सो वडामा यसअघि, स्वास्थ्य संस्था नहुँदा स्थानीयवासी औषधोउपचारका लागि गदरिया र उजलीसेमरमा रहेको स्वास्थ्य चौकीमा पुग्ने गरेका थिए । अब भने गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने आशा लिइएको छ ।