
अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षले लगाएको ताला उनी स्वयंले खोलेकी छिन् । गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले एकाधिकार चलाएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गत बुधबार कार्यालयमा ताला लगाएकी थिइन् ।

उनले गाउँपालिका अध्यक्ष साउँदले योजना छनौट, कार्यसम्पादन तथा कर्मचारी भर्नामा मनोमानी गरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उत्पन्न समस्याबारे कमिटीमा छलफल गर्ने प्रतिवद्धता जनाएको छ । पार्टीले गाउँपालिकामा कामकारवाही अगाडि बढाउन निर्देशन गरेपछि आइतबार उपाध्यक्ष रावलले विज्ञप्ति जारी गर्दै ताला खोलेकी हुन।

साथै उनले आफूले उठान गरेको मुद्धा उपर छानबिन नगरेको खण्डमा पार्टीको विज्ञप्तिलाई आधार मानेर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएकी छिन् ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/26, 12:50
2020/11/02, 7:36
2021/03/29, 3:06
2021/10/19, 8:24