
कञ्चनपुरमा काठ चोरी सम्बन्धी मुद्दा चलिरहेको गाडीमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार गएराति एक बजे तिरको समयमा भिमदत्त नगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा अचानक व्याट्री सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा गाडीको अगाडीको भाग जलेर नष्ट भएको र प्रहरीसहितको टोलीले आगो निभाएको उनले बताए । करिव १ महिनाअघि डडेल्धुराको पर्शुराम नगरपालिका –१२ जोगबुढाका वीर बहादुर धामीको गाडी काठ सहित पक्राउ परेको र सो गाडी प्रहरीले नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको प्रवक्ता थापाले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56