डोटीको जिल्ला बालसुधार गृह बन्द
2020/11/02, 8:44
 
corona

डोटीको कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ । विभिन्न ठाउँबाट ल्याइएका २७ जना बालकमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए ।

उनले भने, “बालसुधार गृहमा यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए, कोरोना फैलिन नदिन हामीले आवतजावत र सेवा बन्द गरेका हौँ ।”