
डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए ।

घरपरिवारका सदस्यसमेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ । साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56