
बैतडीमा गाईको हत्या भएको छ । जिल्लाको मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो । सोमबार राती गाईको हत्या भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोठमा बाँधिराखेको अवस्थामा राती गोठमै गएर स्थानीय ३२ वर्षीय अशोक विष्टले गाईको हत्या गरेका हुन् ।

बिष्टले गोठमै गएर गाईको हत्या गरेको भन्ने खबर आएको छ । लौरो र हतियार प्रहार गरी गाई मारेको रहेछ । गाईको हत्या गरेपछि बिष्ट फरार रहेका प्रहरीले जनाएको छ। फरार रहेका विष्टको प्रहरीले खोजी गरिरहेको छ।
विष्टमाथि गौहत्या विरुद्धको मुद्धा दर्ता गरेर कानुन बमोजिम कारबाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:46
2023/04/15, 1:27