
कैलालीका १७ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एक/एक जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, बैतडीको दशरथचन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एक/एक जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56