
कञ्चनपुरमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित जनस्वास्थ्य कार्यालयको भवनमा अन्दाजी ४२÷४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । उनले गहुँ गोरो वर्ण, पातलो शरीर, उचाई ५.६ ईन्च, कपाल कालो र लामो, अनुहार लाम्चो, निलो रातो ट्राउजर(ट्राक) लगाएको हुलिया भएको शवको पहिचान गरी सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
अहिले घटनाबारे मुचुल्का उठाइ शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56