जिल्ला अस्पताल बाजुरामा उपचारार्थ एकको मृत्यु
2020/11/04, 1:45
 
death

जिल्ला सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको अस्पतालले जनाएको छ । दमको उपचारमा रहेका रोकायाको बुधबार दिउसो मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।

दमका विरामी रहेका रोकायाको थप उपचारका लागि सुविधा भएको अस्पताल लैजान भनेर पठाएको भएपनि कतै उपचार गराउन नलिएपछि अस्पचालमा उपचारका क्रममा मृत्यु भएको बताए । लामो समयदेखि दम रोगले च्यापेका रोकायाको मृत्यु भएको आफन्त रामबहादुर रोकायाले बताएका छन् ।

उपचार गर्दागर्दै निको नभएपछि उपचारकै क्रममा मृत्यु भएको रोकयाले बताए । रोकायाको मृत्युपछि हिन्दु परम्परा अनुसार घटनामा दाहसंस्कार गर्ने गरी घर लगिएको आफन्त रोकायाको भनाई रहेको छ ।