
भारतीय जंगलमा भेटिएको शव धनगढीकी महिलाको भएको पुष्टि भएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा भेटिएको शव धनगढी उप–महानगरपालिका वडा नम्बर ४ भगवती टोलकी ५५ वर्षीय महिला नरुदेवी कठायतको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त शव कठायतको भएको पुष्टि भएको जनाउँदै परिवारका सदस्य सम्पर्कमा आएको जानकारी दिए । मृतक महिलाको शव नजिकै भेटिएको डायरीका आधारमा परिचय खुलेको उनले बताए । डायरीमा मृतकको नाम, श्रीमान र बुवाको नाम लेखेको भेटिएको थियो ।
मानसिक अवस्था ठीक नभएकी कठायत केही समयदेखि सम्पर्कविहिन थिईन् । उनको भारतमै रहेकाले आवश्यक प्रक्रिया पुगाएर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56