धनगढीका युवक मृत भेटिए, दुई जना प्रहरी नियन्त्रणमा
2020/11/04, 2:25
 
death

धनगढी उपमहानगरपालिकाका एक युवक बाजुरामा मृत अवस्थामा फेला परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १७ का अन्दाजी ४४÷४५ वर्षीय पदम प्रजापती मगर बाजुराको बडीमालिका नगरपालिका–२ भौनेरामा मृत अवस्थामा भेटिएका हुन । 

भौनेरामा रहेको कागज उद्योगमा काम गर्दै आएका उनको शव मंगलबार खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए । ‘आफन्तहरुलाई बोलाइएको छ । उनीहरु आएपछि शवको पोष्टमार्टम हुन्छ ’ उनले भने । 

यस्तै घटना शंकास्पद भएको भन्दै सोहि कागज उद्योगमा काम गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा  धनगढी उपमहानगरपालिका–१७ का बस्ने मृतका भिनाजु ५० वर्षीय रुद्रबहादुर सारु र बाजुराको गौलुम गाउँपालिका–२ का  दिलबहादुर बोहरा रहेको प्रहरी नायव उपरीक्षक महराले बताए ।