कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ६० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३८ जनाको परीक्षण गरिएकोमा ६० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, यस्तै वडा नम्बर ३ र ४ का २/२ जना, यसैगरी वडा नम्बर ७, ९ र १३ का एकरएक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै कैलालीकै बर्दगोरिया गाउँपालिकाका ९ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३/३ जना र गोदावरी नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भीमदत्त नगरपालिकाका ६ जना र ठेगाना नखुलेका एक जनामा पनि कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै बाजुराका एक जनामा समेत कारोना पुष्टि भएको छ ।