कञ्चनपुरमा तीन खानेपानी आयोजना एकसाथ शिलान्यास
2020/11/04, 8:59
 
khanepani

कञ्चनपुरको वेदकोट नगरपालिकामा आज तीन वटा वडाका खानेपानी आयोजना एकसाथ शिलान्यास गरिएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले  भावर क्षेत्र खानेपानी सुधार कार्यक्रमअन्तर्गत चुरे भावरसँंग जोडिएका वडाका खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरे ।

नगर प्रमुख अशोककुमार चन्दले वेदकोट– ३ को भम्कामा दैजी खानेपानी आयोजना, वडा नं ४ को विजयनगर बगुनमा शिवलिङ्ग खानेपानी आयोजना र वडा नं ५ को धरमपुरमा धरमपुर खानेपानी आयोजना शिलान्यास गरिएको जानकारी दिए ।  कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बोहराले समयमै आयोजना निर्माणको काम सकेर चुरेभावरका नागरिकलाई स्वच्छ खानेपानी घरदैलामा पु¥याउन आग्रह गरे ।

नगर प्रमुख चन्दले तीनै खानेपानी आयोजना सम्पन्न भए सो क्षेत्रका अढाइ हजारभन्दा बढी परिवार लाभान्वित हुने बताएका छन् ।  १२ करोड २० लाख ६१ हजार लागतमा निर्माण हुने आयोजना सम्पन्न गर्न १८ महिनाको अवधि दिइएको छ ।