
बैतडीमा भारतीय पेन्सनधारीहरुले नेपालमै पेन्सन बुझ्ने व्यवस्थाका लागि पहल गर्न माग गरेका छन् । जिल्लाको मेलौली नगरपालिकाका भारतीय पेन्सनधारीहरुले नगरपालिकालाई सोही माग राखी ज्ञापनपत्र बुझाएका छन् । कोरोना भाइरसका कारण लामो समयदेखि नाका बन्द हुँदा आफूले पेन्सन बुझ्न नपाएको भन्दै उनीहरुले नगरप्रमुख कृष्णसिंह नायकलाई ज्ञापन–पत्र बुझाएका हुन ।

आफुहरुले गत गत चैतदेखि पेन्सन बुझ्न नपाउँदा धेरै समस्या भएको स्थानीय तारादत्त भट्टले बताए । पेन्सनधारीको ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख नायकले पेन्सनधारीहरुका समस्या समाधानका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताएका छन् । बैतडीमा १ हजार २ सय जना भारतीय पेन्सनधारी रहेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56