
कञ्चनपुर प्रहरीले तिहार लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबारदेखि तिहार लक्षित सुरक्षा योजना लागु गर्दै सुरक्षा सर्तकता अपनाईएको जानकारी दिए ।

तिहारका बेला सीमानाकामा हुनसक्ने अपराधिक गतिविधिलाई ध्यानमा राखेर निगरानी बढाईएको जानकारी दिदै प्रहरी नायब उपरीक्षक थापाले बुधबारदेखि नै तालिमप्राप्त कुकुरसहित चेकजाँच बढाईएको पनि बताए । उनका अनुसार बुधबार तालिम प्राप्त कुकुरसहित गड्डाचौकी नाका, बसपार्क लगायतका क्षेत्रमा चेकजाँच गरिएको छ ।
उनले सीमानाकाबाट तिहारका समयमा लागु औषध, पाटाका लगायतका विस्फोटक पदार्थको ओसारपासर, चोरी तस्करी नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच बढाईएको बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56