
कञ्चनपुरमा ६० वर्षीया आमामाथिक कुटपिट गर्ने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आमालाई कुटपिट गरी सख्त घाइते बनाउने भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका २९ वर्षीय दिनेश लुहारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार लुहारले घरायसी विवादका क्रममा ६० वर्षीया आमा बसन्तीलाई निर्घात कुटपिट गरी घाइते बनाएका हुन् । बसन्तीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56