धनगढीका ९२ बर्षीय कोरोना संक्रमितको मृत्यु
2020/11/05, 11:05
 
corona

धनगढीका ९२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा वडा नम्वर ५ का संक्रमित पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार आज विहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । 

सेतीमा उपचारका क्रम ५ जना संक्रमितको ज्यान गएको छ । सुचना अधिकारी श्रेष्ठले उपचारका क्रममा सेतीमा कोरोना कहर सुरु भए भएदेखि हालसम्म ५ जनाको मृत्यु भएको बताए ।  उनीहरु सबैको उपचार गर्दागर्दै मृत्यु भएको हो ।

तर कतिपयको भने मृत्यु पछि पनि कोरोना पोजेटिभ आएको छ । सुदुरपश्चिममा हालसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ ।