
कैलालीमा ५२ हजार नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ५२ हजार तीन सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

लम्कीचुहा ४ का मनि प्रकाश कुमार जैशी, गणेश प्रसाद न्यौपाने, चन्द्र प्रसाद न्यौपाने, रमेश बिष्ट, कमल प्रशाद जैशी, दयाराम न्यौपाने, भानु प्रसाद जैशी, ईश्वर शर्मा, नरदेब चौलागाई, देबेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामवहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी र कुष्मानखर देवकोटालाई पक्राउ गरिएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56