कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि
2020/11/05, 5:16
 
korona

 कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४/४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कैलालीकै टीकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका १ जना र ठेगाना नखुलेका ५ जनामा समेत कोरोना पुष्टि भएको छ । उता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।