
धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन सुरु भएको छ । समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम सुरु भएको हो । यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा सुरु भएको आत्मरक्षा तालिम कात्तिक २० गते सम्म सञ्चालन हुनेछ ।

पछिल्लो समय समाजमा महिलाहरु नै असुरक्षित बन्दै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम आवश्यक रहेको प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताए । विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिइसकेको जनाएको छ । चन्दका अनुसार साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56