कैलालीको घोडाघोडीमा अवरुद्ध सडक सुचारु
2020/11/05, 10:06
 
accidnet

ट्रयाक्टरको ठक्करबाट स्थानीय ३२ वर्षीय सुरेश लामिछानेको ज्यान गएपछि अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड सुचारु भएको छ । यद्धपी दुई पक्ष बिच सहमती भने भएको छैन । दुबै पक्ष बिच सहमती नजुटेमा पुनः सडक अवरुद्ध गर्ने गरी तत्काललाई सडक सुचारु गरेको पीडितका आफन्तले बताएका छन ।

सहमतीको निचोड ननिस्कीए पनि बिहान देखी अलपत्र यात्रुहरुको समस्यालाई मध्येनजर गरी सडक सु्चारु गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी उपरिक्षक सागर बोहराले बताए ।