
कञ्चनपुरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ को कार्गिल डाँडाका पूर्णबहादुर शाहीको जस्ता पाताले छाएको एक तले पक्की घरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ग्यास सिलिण्डर लिक भई भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको बताए । उनले आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय मिटर, ग्यास चुलो, रेगुलेटर, भाडाकुडा लगायतका सामान जल्दा ५० हजार बराबरको क्षति भएको जानकारी दिए ।
आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56