कोरोना संक्रमित सुदूरपश्चिमका कानून मन्त्री शाहलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो
2020/11/06, 2:18
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि शुक्रबार सिम्रिक एयर मार्फत काठमाडौं लगिएको उनको निजी सचिवालयले जनाएको छ ।
मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए ।होम आइसोलेसनमै बसिरहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढी स्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्य अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगिएको उनको सचिवालयले जनायो । मन्त्रीकी पत्नीलाई पनि कोरोना पुष्टि भएको थियो ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37